रवि लामिछाने पक्राउ,कस्ताे हाेला सजाय ?

काठमाडाैं:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सभापति लामिछानेलाई पक्राउ गरेको हो । उनी पार्टी कार्यालयबाटै पक्राउ परेका हुन् ।

सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरिएको हो ।

शुक्रबार कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको थियो । लामिछानेलाई पक्राउ गरेर कास्की लगिएको छ ।

प्रहरीले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको मुद्दा अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!