बैतडी:पाटन भ्याली क्रिकेट क्लब,बैतडीको पाटनमा जारी चाैथाे संस्करणको पाटन प्रिमियर लिगकाे सुपर सिक्समा प्रवेश गरेकाे छ।
आज सम्पन्न खेलमा भ्यालीले खोड्पे स्पोट्स क्लब (बी)लाई २०६ रनले हराउँदै दाेस्राे जितका साथ सुपर सिक्समा पुगेकाे हाे । याे संगै भ्याली सुपर सिक्समा पुग्ने पहिलाे टाेली समेत बनेकाे छ। भ्यालीले यसअघि हिजाे सहस्त्रलिङ्ग क्रिकेट क्लबलाई पनि हराएको थियाे।
समुह ए काे शिर्ष स्थानमा रहदै भ्याली सुपर सिक्समा पुगेकाे हाे । सहस्त्रलिङ्ग र खाेडपे बी भने प्रतियोगिताबाट बाहिरिएका छन्।
भ्यालीले दिएको २७९ रनको लक्ष्य पछ्याएको खोड्पे १३.३ ओभरमा ७२ रनमा अलआउट भयाे। उसका केशव महराले ४२ रन बनाउन बाहेक अन्यले दोहोराे अंकमा रन जाेड्न सकेनन् ।
यसअघि श्रीकृष्ण माविको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको पाटन भ्यालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २७८ रन बनाएको थियो । भ्यालीका सन्दीप बिष्टले ८७ रन बनाएका थिए । विकास बिष्टले ४८ रन बनाए ।
खोड्पेका केशव महराले ४ बिकेट लिए ।
भ्यालीका सन्दीप विष्ट खेलका म्यान अफ द म्याच चुनिएका स्काेरर दीपेन्द्रबहादुर बाेहराले बताउनुभयाे।
आजै भएकाे अर्काे खेलमा कुलगडे क्रिकेट क्लबले
रिभर साइड युवा क्लबलाई ६ विकेटले स्तब्ध पार्दै विजयी शुरूवात गरेकाे छ।
पाटन क्रिकेट क्लबको आयोजनामा असाेज ३० गतेदेखि शुरू भएकाे प्रतियोगितामा १७ टोलीकाे सहभागीता रहेकाे छ। सहभागी टाेलीलाई छ समूहमा विभाजन गरेर खेल भइरहेका छन्।
प्रतियोगिताकाे प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयाे।
द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दाेस्राे भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्राे मेलाैली नगरपालिकाले हात पारेकाे थियो ।
