यू-१९ पुरुष राष्ट्रिय क्रिकेट कार्तिक १० गतेदेखि हुने

काठमाडौं: विराटनगरमा यहि कार्तिक १० गतेदेखि नरेश श्रेष्ठ स्मृति वाई वाई यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।

सातैवटै प्रदेश सहभागी हुने साे प्रतियोगिताकाे नेपाल क्रिकेट संघ (क्यान) ले खेल तालिका पनि सार्वजनिक गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा कार्तिक १० गते कोशी प्रदेश र मधेश प्रदेश भिड्नेछन् । प्रतियोगिताको दोस्रो दिन कार्तिक ११ गते दुई खेल खेलिने छ । दोस्रो दिनको खेल लुम्बिनी प्रदेश र कोशी प्रदेश तथा मधेश प्रदेश र गण्डकी प्रदेशबिच खेलिने छ ।

यसैगरी, प्रतियोगिताको तेस्रो दिन कार्तिक १२ गते पनि दुई खेल खेलिने छ । तेस्रो दिनको खेल बागमती प्रदेश र गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशबिच हुनेछ । चौथो दिन कार्तिक १३ गते सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश तथा मधेश प्रदेश र बागमती प्रदेशबिच हुनेछ ।

यसैगरी, प्रतियोगिताको पाँचौँ दिन कार्तिक १४ गते कर्णाली प्रदेश र लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेश र कोशी प्रदेशबिच खेल हुनेछ । प्रतियोगिताको छैटौँ दिन कार्तिक १५ गते गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेश र लुम्बिनी प्रदेशबिच खेल हुनेछ ।

यसैगरी, प्रतियोगिताको सातौँ दिन कार्तिक १६ गते मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश तथा कोशी प्रदेश र कर्णाली प्रदेशबिच खेल हुनेछ । प्रतियोगिताको आठौँ दिन कार्तिक १७ गते बागमती प्रदेश र कोशी प्रदेश तथा लुम्बिनी र गण्डकी प्रदेशबिच खेल हुनेछ ।

यसैगरी, प्रतियोगिताको नवौँ दिन कार्तिक १८ गते सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश तथा गण्डकी प्रदेश र कर्णाली प्रदेशबिच खेल हुनेछ । प्रतियोगिताको १०औँ दिन कार्तिक १९ गते कर्णाली प्रदेश र मधेश प्रदेश तथा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।

यसैगरी,  प्रतियोगिताको ११औँ दिन कार्तिक २० गते लुम्बिनी प्रदेश र मधेश प्रदेश तथा कर्णाली प्रदेश र बागमती प्रदेशबिच खेल हुनेछ ।
शिर्ष दुई टाेली कार्तिक २१ गते फाइनलमा भिड्नेछन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!