पाटन प्रिमियर लिग: कुलगडेकाे विजयी शुरूवात

बैतडी:बैतडीको पाटनमा जारी चाैथाे संस्करणको पाटन प्रिमियर लिगकाे तेस्राे दिनकाे पहिलाे खेलमा कुलगडे क्रिकेट क्लबले विजयी शुरूवात गरेकाे छ।

कुलगडेले रिभर साइड युवा क्लबलाई ६ विकेटले स्तब्ध पार्याे।
रिभर साइडले दिएकाे १५९ रनकाे लक्ष्य कुलगडेले १६.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे।
जसमा पञ्कज लुहारले ४७ रनकाे याेगदान गरे ।

यसअघि श्रीकृष्ण माविकाे खेलमैदानमा पहिला ब्याटिङ गरेकाे रिभर साइडले २० ओभरमा ९ विकेटको क्षतिमा १५८ रन बनायाे। उसका आयुष विष्टले सर्वाधिक ३८ रन जाेडे।
कुलगडेका पञ्कज लुहार र राजेन्द्र ठगुन्नाले २/२ विकेट हात पारे।
पञ्कज खेलका म्यान अफ द म्याच चुनिएका स्काेरर दीपेन्द्रबहादुर बाेहराले बताउनुभयाे।

पाटन क्रिकेट क्लबको आयोजनामा असाेज ३० गतेदेखि शुरू भएकाे प्रतियोगितामा १७ टोलीकाे सहभागीता रहेकाे छ।

प्रतियोगिताकाे प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयाे।

द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ । 
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । 

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दाेस्राे भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्राे मेलाैली नगरपालिकाले हात पारेकाे थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!