श्रीकाेटमा स्ववियुले नि:शुल्क तयारी कक्षा सञ्चालन गर्दै

बैतडी: बैतडीको दाेगडाकेदारमा रहेकाे श्रीकाेट बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियनले निम्नमाध्यमिक तहकाे अध्यापन अनुमति पत्रकाे निःशुल्क तयारी कक्षा सञ्चालन गर्दैछ।

श्रीकाेट बहुमुखी क्याम्पसका स्ववियु सभापति सम्भुराज गिरीका अनुसार यही कात्तिक ५ गतेदेखि १ महिनासम्म नि:शुल्क तयारी सञ्चालन सञ्चालन हुनेछन् ।
इच्छुक विद्यार्थीले कात्तिक ४ गतेसम्म नाम दर्ता गराउन अनुराेध गरिएको छ।
कक्षा सञ्चालन स्ववियुकाे सभाहलमा बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!