पन्ज्युनयाँ क्रिकेट: शुसितम बी र बस्काेट ए क्वाटरफाइनलमा प्रवेश

चम्तडी र न्वालीकाे पहिलाे जित

बैतडी:बैतडीको दाेगडाकेदार गाउँपालिका ६ मा जारी तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे तेस्रो दिन आज
पनि चार खेल सम्पन्न भएका छन्।

सम्पन्न खेलमा चम्तडी स्टार, आयाेजक शुसितम युवा क्लब बी,न्वाली किङस र बस्काेट सुपर किङ ए विजयी भएका छन्।
जसमध्ये शुसितम बी र बस्काेट ए लगातार तेस्रो जित निकालेर अन्तिम आठमा सुरक्षित भएका छन्।

शुसितम समूह डी र बस्काेट समूह ए बाट अन्तिम आठमा पुग्ने पहिलाे टाेली समेत बनेका छन्।

पन्ज्युनयाँ खेलमैदानमा शुसितमले सलेनालाई ४२ रनले स्तब्ध पार्याे। १०६ रनकाे लक्ष्य पछ्याउने क्रममा सलेना ६३ रनमा समेटियाे। उसका कुनै पनि ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।
शुसितमका लागि मनाेज कार्की एक्लैले ५ विकेट हात पारे। मनाेज खेलका म्यान अफ द म्याच समेत चुनिए।
यसअघि पहिला ब्याटिङ गरेकाे शुसितमले ९ विकेटको क्षतिमा १०५ रन बनायाे। जसमा सन्ताेष कार्कीले ३९ रनकाे याेगदान गरे ।
सलेनाका दीपक ऐरीले २ विकेट लिए।

अर्काे खेलमा बस्काेटले जगन्नाथ युवा क्लबलाई ८ विकेटले पराजित गरेर क्वाटरफाइनलमा पुगेकाे छ।
जगन्नाथले दिएकाे ११० रनकाे लक्ष्य बस्काेटले १०.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्याे। उसका दिनेश विष्टले अविजित ५६ र प्रदीप चन्दले ३९ रन जाेडे।
यसअघि पहिला ब्याटिङ गरेकाे जगन्नाथले अभिनाश चन्दकाे अविजित ३९ रनकाे मद्दतले १०९ रन बनायाे।
बस्काेटका दिनेश विष्टले २ विकेट हात पारे। दिनेश प्लेयर अफ द म्याच समेत घाेषित भएका आयाेजक शुसितम युवा क्लबका सचिव जगदीश कार्कीले जानकारी दिनुभयाे।
यस्तै आजै सम्पन्न खेलमा चम्तडीले सर्माेली युवा समाजलाई ४१ रन र न्वालीले हुनैनाथ टाइगर्सलाई ९ विकेटले हराएर प्रतियोगितामा पहिलाे जित दर्ता गराएका छन्।

असाेज २९ गतेदेखि शुरू भएकाे प्रतियोगिता कात्तिक १२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा १९ टाेलिकाे सहभागीता रहेकाे छ।

उपाधि विजेता टाेलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

यस्तै उपविजेता टाेलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।
यसका साथै सेमिफाइनलबाट बाहिरिने टाेलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।

प्रतियोगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!