बैतडीका २० हजार बालबालिकालाई भिटामिन ‘ए’क्याप्सुल खुवाइदै

बैतडी:बैतडीका २० हजार बढी बालबालिकाहरुलाई भिटामिन ‘ए’क्याप्सुल खुवाइने भएको छ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत भोलि र पर्सि बालबालिकाहरुलाई भिटामिन ‘ए’क्याप्सुल, जुकाको औषधी र बालभीटा खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले बताउनुभयाे । 
कार्यक्रम अन्तर्गत जिल्लाभरीका ६ देखि ५९ महिनासम्मका २० हजार ७१२ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’क्याप्सुल खुवाउने लक्ष्य रहेको छ।

बैतडीमा १२ देखि ५९ महिनासम्मका १८ हजार १९५जना बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको छ भने ६ महिनादेखि २३ महिनासम्मका ७ हजार ४५५ जना बालबालिकाहरुलाई बालभीटा खुवाउने लक्ष्य रहेको छ । 

बालबालिकाहरुलाई भिटामिन ‘ए’, जुकाको औषधी र बालभीटा खुवाउनका लागि जिल्लाभरी ८ सय ३१ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् भने आवश्यकता अनुसार स्वास्थ्यकर्मी समेत परिचालित हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयाे । 

गाउँघर क्लिनिक, खोपकेन्द्र, स्वास्थ्य संस्थाहरुमा बालबालिकाहरुलाई भिटामिन ‘ए’, जुकाको औषधी र बालभीटा खुवाइनेछ । 

जिल्लाभरीका सबै स्वास्थ्य संस्थाहरुमा भिटामिन ‘ए’क्याप्सुल, जुकाको औषधी र बालभीटा पुर्याइसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
 
नजिकका गाउँघर क्लिनिक, खोप केन्द्र तथा स्वास्थ्य संस्थाहरुमा आफ्ना बालबालिकाहरुलाई लगेर भिटामिन ‘ए’, जुकाको औषधी र बालभिटा खुवाउन स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!