पन्ज्युनयाँ क्रिकेट: सलेना,जगन्नाथ,शुसितम र बस्काेट विजयी

बैतडी:बैतडीको दाेगडाकेदार गाउँपालिका ६ मा जारी तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे दाेस्राे दिन आज
चार खेल सम्पन्न भएका छन्।
जसमा सलेना सुपर किङ,आयाेजक शुशितम युवा क्लब बी,जगन्नाथ युवा क्लब र बस्काेट सुपर किङ विजयी भएका छन्।
पन्ज्युनयाँ खेलमैदानमा सम्पन्न पहिलाे खेलमा सलेनाले चम्तडी स्टारलाई ५ विकेटले हरायाे। चम्तडीले दिएकाे ११० रनकाे लक्ष्य सलेनाले १२ ओभरमा ५ विकेटकाे क्षतिमा पूरा गर्याे । सलेनाका कप्तानसमेत रहेका दीपक ऐरी म्यान अफ द म्याच भए।
दाेस्राे खेलमा आयाेजक शुशितम युवा क्लब बी टिम सुपर ओभरमा विजयी भएकाे छ। शुसितमकाे याे लगातार दाेस्राे जित हाे।
शुसितमले दिएकाे ८५ रनकाे लक्ष्य पछ्याएकाे निङ्लाशैनी कन्स्ट्रक्सनले ८४ रन मात्र बनाउन सकेपछि खेल सुपर ओभरमा धकेलिएको थियाे।
सुपर ओभरमा निङलाशैनीले दिएकाे ११ रनकाे लक्ष्य शुसितमले सहजै पार गर्याे। शुसितमका लागि उत्कृष्ट प्रदर्शन गरेका रमित कार्की प्लेयर अफ द म्याच भए।
तेस्रो खेलमा जगन्नाथ युवा क्लबले लेकम स्टार्सलाई ८ विकेटले हरायाे।
लेकमले दिएकाे ७७ रनकाे लक्ष्य जगन्नाथले ८.४ ओभरमा २ विकेटकाे क्षतिमा पूरा गर्याे। जसमा अभिनास चन्दले ४९ हिर्काए । उनी म्यान अफ द म्याच घाेषित भए।
चाैथाे तथा अन्तिम खेलमा बस्काेट सुपर किङले न्वाली किङ्सलाई ७४ रनले हराउदै प्रतियोगितामा दाेस्राे जित हात पार्याे।
बस्काेटले दिएकाे १७८ रनकाे लक्ष्य पछ्याएकाे न्वालीले १०३ रन मात्रै बनाउन सक्याे। बस्काेटकाे जितमा ४९ रन र २ विकेट हात पारेकाे रामेश्वर यादब म्यान अफ द म्याच हुन सफल भएका स्काेरर अशाेक कार्कीले जानकारी दिनुभयाे।
असाेज २९ गतेदेखि शुरू भएकाे प्रतियोगिता कात्तिक १२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा १९ टाेलिकाे सहभागीता रहेकाे छ।

उपाधि विजेता टाेलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

यस्तै उपविजेता टाेलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।
यसका साथै सेमिफाइनलबाट बाहिरिने टाेलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।

प्रतियोगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!