पाटन प्रिमियर लिग: उद्घाटन खेलमा सहस्त्रीलिङ्गकाे कीर्तिमानी जित

बैतडी:बैतडीको पाटनमा आजदेखि शुरू भएकाे चाैथाे संस्करणको पाटन प्रिमियर लिगकाे उद्घाटन खेलमा सहस्त्रीलिङ्ग क्रिकेट क्लबले कीर्तिमानी जित दर्ता गरेकाे छ।

ऐतिहासिक जित दर्ता गर्ने क्रममा सहस्त्रीलिङ्गले खाेडपे स्पाेट्स क्लबमाथि ३२२ रनकाे जित दर्ता गर्याे।
सहस्त्रीलिङ्गले दिएकाे ३६० रनकाे लक्ष्य पछ्याउने क्रममा खाेडपे ७.१ ओभरमा ३७ रनमा अलआउट भयाे।

खाेडपेका सिताेस विष्टले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।
सहस्त्रीलिङ्गका ललित माैनी र किशाेर विकले ३/३ विकेट लिए।
यसअघि श्रीकृष्ण मावि पाटनकाे खेलमैदानमा पहिला ब्याटिङ गरेकाे सहस्त्रीलिङ्गले निर्धारित २० ओभरमा ४ विकेटकाे क्षतिमा ३५९ रन बनायाे।
याे स्काेर पाटन प्रिमियर लिगकाे इतिहासकै उच्च रहेकाे छ। जसमा दुई ब्याटरले शतक र एकले अर्धशतक पनि हिर्काए।सहस्त्रीलिङ्ग एकै पारी दुई शतक र एक अर्धशतक हिर्काउने कीर्तिमानी टिम समेत बनेकाे छ। ठुलाे रनअन्तरले जित्ने टाेलीकाे कीर्तिमान समेत बनेकाे छ।

अरूण प्रसाद दानीले ३७ बलमा अविजित ११४ रन हिर्काए। दानी खेलका म्यान अफ द म्याच समेत चुनिएका स्काेरर दीपेन्द्रबहादुर बाेहराले बताउनुभयाे।
अर्जुन विकले ३८ बलमा ११० र राज विक २४ बलमा ६३ रनमा नटआउट रहे।
खाेडपेका नरेन्द्र ओलीले २ विकेट लिए।

यसअघि प्रतियोगिताकाे उद्घाटन उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले गर्नुभएकाे थियाे।

पाटन क्रिकेट क्लबको आयोजनामा सञ्चालन भएकाे प्रतियोगितामा १७ टोलीकाे सहभागीता रहेकाे छ।

प्रतियोगिताकाे प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।

द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ । 
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । 

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दाेस्राे भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्राे मेलाैली नगरपालिकाले हात पारेकाे थियो ।

oplus_0

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!