पाटन प्रिमियर लिग शुरू: मन्त्री भण्डारीद्वारा उद्घाटन

बैतडी: बैतडीको पाटनमा आजदेखि चाैथाे संस्करणको पाटन प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुरू भएकाे छ। प्रतियोगिताकाे उद्घाटन उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले गर्नुभयाे।

उद्घाटन समाराेहमा बाेल्दै मन्त्री भण्डारीले खेलकाे माध्यमबाट देश चिनिएकाे बताउनुभयाे। उहाँले भन्नुभयाे,”खेलकाे माध्यमबाट नेपाल विश्वभरि चिनिएकाे छ। सरकारले पनि खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेकाे छ। खेलमैदान बनाउन सरकार सक्रिय छ। ”

बैतडीबाट पनि थुप्रै खेलाडी उत्पादन भएका र यस प्रतियोगिताले पनि खेलाडी उत्पादनमा थप मद्दत गर्ने उहाँको विश्वास रहेकाे छ।

यसका साथै उहाँले राष्ट्रिय दायित्व पुरा गर्न मुलधारका दुई ठुला पार्टी मिलेका बताउनुभयाे। उहाँले भन्नुभयाे,”राष्ट्रिय दायित्व पुरा गर्न मुलधारका दुई ठुला पार्टी मिलेर सरकार बनाएका हाैं।बन्द भएका उद्योग र संस्थान सञ्चालन गर्छाैं ।निरासालाई आशा र भराेसाका बदल्न सरकार लागेकाे छ।”

पाटन क्रिकेट क्लबको आयोजनामा पाटन नगरपालिका ६ स्थित श्रीकृष्ण माविको खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा १७ टोलीकाे सहभागीता रहेकाे छ।
प्रतियोगिताकाे प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ ।

द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ । 
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ । 

यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दाेस्राे भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ) र तेस्राे मेलाैली नगरपालिकाले हात पारेकाे थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!