पन्ज्युनयाँ क्रिकेट: पहिलाे दिन बस्काेट र आयाेजक पन्ज्युनयाँ विजयी

प्रदीप चन्दले हिर्काए प्रतियोगिताकाे पहिलाे शतक

बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिका ६ मा शूरू तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे पहिलाे दिन आज बस्काेट सुपर किङ र आयाेजक शुशितम युवा क्लब बी विजयी भएका छन्।
उद्घाटन खेलमा बस्काेटले लेकम स्टार्सलाई १०९ रनले स्तब्ध पार्याे। १९८ रनकाे विजय लक्ष्यका साथ मैदान उत्रेकाे लेकम १२ ओभरमा ९९ रनमा अलआउट भयाे।उसका लाेकेन्द्र विष्टले सर्वाधिक १७ रन बनाएपनि हार टार्न सकेनन् । बस्काेटका लागि प्रदीप चन्दले २ विकेट लिए।

यसअघि पन्ज्युनयाँ खेलमैदानमा पहिला ब्याटिङ गरेकाे बस्काेटले निर्धारित १२ ओभरमा २ विकेटको क्षतिमा १९७ रन जाेड्याे। जसमा प्रदीप चन्दले शतकीय पारी खेल्दै १०५ रनमा अविजित रहे। प्रदीप खेलका म्यान अफ द म्याच समेत चुनिएका स्काेरर अशाेक कार्कीले जानकारी दिनुभयाे।

यस्तै आजै सम्पन्न दाेस्राे खेलमा आयाेजक शुशितम युवा क्लब बी ले हुनैनाथ जागृति युवा क्लबलाई १८ रनले हराएकाे छ।
शुशितमले दिएकाे ८२ रनकाे झिनाे लक्ष्य पछ्याएकाे हुनैनाथ १२ ओभरमा ६४ रनमा समेटियाे। शुशितमका लागि म्यान अफ द म्याच भएका मनाेज कार्कीले ५ विकेट हात पारे ।
दाेगडाकेदार गाउँपालिकाकाे प्रायाेजन तथा शुशितम युवा क्लबकाे आयाेजनामा शुरू भएकाे प्रतियोगिताकाे उद्घाटन उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामाेदर भण्डारीले गर्नुभएकाे थियाे।
कात्तिक १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १९ टाेलिकाे सहभागीता रहेकाे छ।

प्रतियोगिताकाे विजेता टाेलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।

यस्तै उपविजेता टाेलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।
यसका साथै सेमिफाइनलबाट बाहिरिने टाेलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ।

प्रतियोगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।

यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे।

Oplus_0

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!