पन्ज्युनयाँ क्रिकेट लिगकाे तयारी तिव्र,चार विदेशी खेलाडी राख्न पाइने
च्याम्पियन टाेलीलाई १ लाख ५५ हजार ५५५ पुरस्कार
बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिका ६ पन्ज्युनयाँ सञ्चालन हुने तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे तयारी तिव्र पारिएको छ। दाेगडाकेदार गाउँपालिकाकाे प्रायाेजन तथा शुशितम युवा क्लबकाे आयाेजना हुने प्रतियोगिता असाेज २८ गतेदेखि शुरू हुदैछ।
प्रतियोगिता मिति नजिकिएसंगै तयारी तिव्र पारिएको आयाेजक शुशितम युवा क्लबका सचिव जगदीश सिंह कार्कीले जानकारी दिनुभयाे।
दाेगडाकेदार गाउँपालिका ६ स्थित पन्ज्युनयाँ खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि मैदान व्यवस्थित,टिम दर्तालगायतकाे काम जारी रहेकाे छ।
प्रतियोगिताकाे लागि टिम दर्ता खुल्ला गरिएको र सहभागी हुन चाहने टाेलीले असाेज २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने शुशितम युवा क्लबका सदस्य अशाेक कार्कीले जानकारी दिनुभयाे।
टिम दर्ता शुल्क १२ हजार ५०० राखिएको छ।
प्रतियोगिताकाे विजेता टाेलीले नगद १ लाख ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयाेजक शुशितम युवा क्लबका अध्यक्ष वीरसिंह कार्कीले बताउनुभयो ।
यस्तै उपविजेता टाेलीले नगद ५५ हजार ५५५ ट्रफी,मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ।
यसका साथै सेमिफाइनलबाट बाहिरिने टाेलीहरूलाई सान्त्वना स्वरूप १०/१० हजार, सर्बाेत्कृष्ट खेलाडीले ११ हजार १११,सर्बाेत्कृष्ट ब्याटर र बलरले समान ७ हजार ७७७ ,उदयीमान खेलाडीलाई ३ हजार ३३३, प्रत्येक खेलका उत्कृष्ट खेलाडीले १ हजार १११ पुरस्कार पाउने जनाएको छ। पुरस्कार राशीमा १३ प्रतिशत कर कट्टी गरिनेछ।
प्रतियोगितामा जिल्ला भित्र र बाहिरका टाेली पनि सहभागी हुन पाउनेछन्। सहभागी हुने टिमले ४ जना विदेशी खेलाडी समेत राख्न पाउने जनाएको छ।
इम्प्याक्ट खेलाडीकाे पनि व्यवस्था रहेकाे छ।
खेल टेनस बलले खेलाइने र एलबीडब्लू आउट लागु नहुने आयाेजकले जनाएको छ।
प्रतियोगिताले क्रिकेटकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।
यसअघि सम्पन्न पहिलाे संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगकाे उपाधि दाेगडास्टार क्लब र दाेस्राे आयाेजक शुशितम युवा क्लबले जितेको थियाे।
