अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं: नेपालले तेस्रो अभ्यास खेलमा क्यानडाको हाइप्रोफोमेन्स (एचपी) लाई १० रनले पराजित गरेकाे छ। योसँगै तीन खेलको अभ्यास खेल नेपालले २-१ ले हात पारेकाे छ ।

नेपालले दीएकाे १८८ रनको लक्ष्य पछ्याएको क्यानडा ४४.५ ओभरमा १७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले ११६ बलमा ७ चौका र ३ छक्कासहित ८५ रनको योगदान दिए ।

नेपालका करण केसीले ९.५ ओभरमा ५५ रन खर्चेर ५ विकेट लिए । सागर ढकालले २, आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४८.३ ओभरमा १८७ रनमा अल आउट भयो । नेपालका कुशल भुर्तेलले तल्लोक्रममा ७० बलमा ५ चौकासहित सर्वाधिक ५२ रन बनाए ।
आरिफ शेखले ३९ बलमा ३ चौका र २ छक्कासहित ४० रन जोडे । आसिफ शेख ७, अनिल कुमार साह ६, देव खनाल डक, भीम सार्की ७, दीपेन्द्रसिंह ऐरी ४, अर्जुन साउद १७, कुशल मल्ल ८ र सोमपाल कामी २७ रनमा आउट भए ।
यसअघि टि-२० खेलमा क्यानडा विजयी भएकाे थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!