बैतडी: राष्ट्रिय स्वतन्त्र पार्टीको बैतडीमा जिल्ला कार्यालय स्थापना गरिएको छ। सदरमुकाम शाहिलेकमा स्थापना गरिएको कार्यालयकाे आज उद्घाटन समेत गरिएको रास्वपा बैतडीका सचिव हरिस जाेशीले जानकारी दिनुभयाे।
शुक्रबार बिधेयक मन्थन विभाग केन्द्रिय सदस्य भोजराज जोशी (क्वालीटि) ले पार्टी कार्यालयकाे उद्घाटन गर्नुभएको हाे।
उद्घाटन कार्यक्रममा रास्वपा जिल्ला सभापती भिम नाथ, जिल्ला सचिव हरिस जोशि, द.न.पा सभापती रोशन ठगुन्ना, सिगास सभापति सुर्य बोहरा,पुर्चौडी सभापति बसन्त राज जोशी, मेलौली उप सभापति कृष्ण ओझा, पाटन उप सभापति भरत बिष्ट लगायतकाे उपस्थिति रहेकाे थियाे।
पार्टी कार्यालय स्थापना भएसंगै रास्वपाले अब निरन्तर जनताको काममा सहयोग गरि जनताका मुद्दाहरु उठाउनु पर्ने र संगठन बिस्तारमा जोड दिई अगाडि बढ्ने नेता जोशीले बताउनुभयो।
