बैतडीः राष्ट्रिय स्वतन्त्र पार्टी बैतडीले प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालाई ध्यानाकर्षण पत्र बुझाएकाे छ।
दशैं,तिहारकाे बेला कालाेबजारी,मूल्य वृद्धि, अनुगमन र अराजक गतिविधि रोक र सुरक्षा ब्यवस्थापनमा ध्यानाकर्षण गराउदै प्रजिअ शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको रास्वपा बैतडीका सचिव हरिस जाेशीले जानकारी दिनुभयाे।
रा.स्व.पा बिधेयक मन्थन बिभाग केन्द्रिय सदस्य भोज राज जोशी ( क्वालीटि), जिल्ला संयोजक भिम नाथ लगायतका नेताहरुले पत्र बुझाएका थिए।
