बैतडीमा यू-१६ विद्यालयस्तरीय क्रिकेट हुने,टिम दर्ता खुला

बैतडी:बैतडीमा साेह्र वर्षमुनिको विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएकाे छ। बैतडी जिल्ला क्रिकेट संघकाे आयाेजनामा हुने प्रतियोगिता आगामी कात्तिक पहिलो साताबाट सञ्चालन हुने भएको हाे।

नेपाल क्रिकेट संघकाे वार्षिक कार्यक्रमअनुसार नै यहाँ पनि प्रतियोगिताकाे आयाेजना गरिएको बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बाेकटीले जानकारी दिनुभयाे।

प्रतियोगिताकाे लागि छिम दर्ता खुला गरिएको छ। सहभागी हुन चाहने निजी तथा सामुदायिक विद्यालयहरूले असाेज २७ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेदबहादुर चन्दले बताउनुभयाे।

आगामी कात्तिक ३ गतेदेखि सुरू हुने प्रतियोगिताका खेलहरू निङलाशैनी खेल मैदान,देहिमाण्डाैमा सञ्चालन हुनेछन्।
प्रतियोगितालाई छनाैट प्रतियोगिताका रूपमा समेत लिइएको छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाकाे यू-१६ टाेलीका लागि छनाैट गरिने अध्यक्ष चन्दकाे भनाइ छ।

विद्यालयस्तरीय यस प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटकाे विकासमा सहयाेग पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!