काठमाडौं: क्यानडामा सुरु त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ ।
क्यानडाले दिएकाे १२४ रनकाे लक्ष्य पछ्याएकाे नेपाल १९ ओभरमा १०९ रनमा अलआउट भयाे।
नेपालका लागि कप्तान राेहितकुमार पाैडेलले सर्वाधिक ३७ रन जाेडे।
क्यानडाका कलिम सानाले ४, साद विन जाफरले ३ तथा प्रविण कुमार र अखिल कुमारले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनाएको थियो ।
यसअघि लिग-२ अन्तरगतका खेलमा पनि नेपाल क्यानडासंगका सबै खेलमा पराजित भएकाे थियाे।
क्यानडामा शनिबारबाट नेपाल, ओमान र घरेलु टोली क्यानडा सम्मिलित त्रिकोणात्मक टि-२० सिरिज सुरु भएकाे हाे।
