सन्दीपकाे विश्व वरियतामा छलाङ,अष्ट्रेलियाका जाम्पालाई पछारे

काठमाडौं: नेपाली राष्ट्रिय टोलीका मुख्य सदस्य सन्दीप लामिछानेले ओडिआई क्रिकेटको अलराउन्डर वरियतामा व्यापक सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी)ले जारी गरेको पछिल्लो वरियतामा सन्दीपले आफ्नो वरियतामा व्यापक सुधार गरेका हुन् । नयाँ वरियतामा सन्दीप २२ स्थान सुधार गर्दै संयुक्त ४१ औं स्थानमा उक्लिएका छन् । अष्ट्रेलियाका एडम जाम्पा र ट्राभिस हेडको पनि १ सय ४७ अंकसहित ४१ औं वरियता नै छ ।

अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४८ औं, कुशल मल्ल ५१ औं तथा सोमपाल कामी ५३ औं स्थानमा छन् । अष्ट्रेलियाका क्यामरन ग्रीन ५२ औं स्थानमा छन् ।

अलराउन्डर तर्फ नै तीव्र गतिका बलर करण केसीले ११ स्थान सुधार गर्दै ७६औं स्थानमा उक्लिएका छन् । अर्का तीव्र गतिका बलर गुलसन झा १३ स्थान सुधार गर्दै ९१औं स्थानमा उक्लिएका छन् ।

आईसिसीले जारी गरेको बलिङ तर्फको वरियतामा भने सन्दीप ४८औं स्थानमा यथावत रहेका छन् । करणले ४ स्थान सुधार गर्दै ८७औं स्थानमा उक्लिएका छन् । ब्याटिङ तर्फको वरियतामा आसिफ शेख ११ स्थान तल झर्दै ७९औं स्थानमा छन् । कुशल भुर्तेल ४ स्थान तल झर्दै ८०औं स्थानमा रहेका छन् ।

नेपाली टिम भने १ स्थान तल झर्दै १७औं नम्बरमा पुगेको छ । हालै नेपाललाई हराएकाे क्यानडाले वरियतामा ४ स्थान सुधार गरेको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!