विश्वकप लिग-२: नेपाल र क्यानडनबीचकाे खेल रद्द

काठमाडौं:
आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडामा भएको त्रिकोणात्मक सिरिजको नेपालको अन्तिम खेल रद्द भएको छ।क्यानडाको ओन्टेरियोस्थित किंग सिटीमा नेपाल र ओमानबीचको खेलको वर्षाका कारण टस समेत नभइ रद्द भएको हो।

रद्द भएसँगै नेपाल र ओमानले एक एक अंक पाएका छन्। यससँगै क्यानडामा खेलिएको सिरिजमा नेपाल जितबिहीन बनेको छ। यसअघि नेपालले खेलेको तीन खेलमध्ये तीनै खेलमा पराजित भएको थियो। घरेलु टोलीसँग दुई र ओमानसँग एक खेलमा नेपालले हार ब्यहोरेको थियो।
विश्वकप लिग-२ मा नेपालले कुल ८ खेल खेलिसकेको छ। त्यसमध्ये नेपालले एउटा मात्रै जित निकालेको छ। गत फेब्रुअरीमा घरेलु मैदानमा नामबिया र नेदरल्यान्ड्सबिरुद्धको चार खेल मध्ये नेपाल तीन खेलमा पराजित भएको थियो। एकदिसवीय सिरिजपछि असोज १२ गते क्यानडामै नेपालले त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!