बैतडी:नेपाल चेम्बर अफ कमर्श सुदूरपश्चिम प्रदेश सदस्यमा बैतडीका हरिप्रसाद जाेशी नियुक्त हुनुभएकाे छ।
कमर्शकाे प्रदेश,जिल्ला,गाउँ तथा नगरकमिटीले सिफारिस गरेअनुसार नै जाेशीलाई प्रदेश सदस्य नियुक्त गरिएको नेपाल चेम्बर अफ कमर्श सुदूरपश्चिम प्रदेश अध्यक्ष विनाेद मल्ल विप्लभले जानकारी दिनुभयाे।
जाेशीले सदस्यमा नियुक्त भएकाेमा खुसी व्यक्त गर्दै दिइएको जिम्मेवारी इमानदारीपूर्वक वहन गर्ने बताउनुभयो ।
बैतडीको दाेगडाकेदार गाउँपालिका ३ श्रीकाेट घर भएका जाेशी विभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहनुभएकाे छ।
