काठमाडौं: नेपालमा सुनकाे मूल्य इतिहासकै महंगो भएकाे छ। आज पनि बढेर सुनकाे मूल्यले फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५९ हजार सात सय रुपैयाँ छ। हिजो सुनको मूल्य १ लाख ५९ हजार दुई सय थियो।
भदौ महिनाभरि उच्च मूल्यको कीर्तिमान बनाएको सुनको मूल्यले असोजको पहिलो साता पनि दिनहुँजसो नयाँ कीर्तिमान कायम गरिरहेको छ।
आइतबार र सोमबार सुन लगातार उच्च मूल्यमा कारोबार भएको थियो। सोमबार भन्दा प्रतितोला पाँचसय रुपैयाँ वृद्धि भएर सुनको मूल्यले आज फेरि हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको हो।
महासंघका अनुसार चाँदीको मूल्य आज १ हजार ९ सय १५ रुपैयाँ कायम भएको छ।
