विद्युत सर्ट भएर आगलागी,३५ लाखकाे क्षति

बैतडी: आगलागीबाट बैतडीमा ३५ लाख बराबरकाे क्षति भएकाे छ। जिल्लाकाे मेलाैली नगरपालिका ६ लामालेक बजारमा राम दत्त भट्ट्ले संचालन गर्दै आएको महारुद्र फेन्सी पसल एण्ड आटा चक्कीमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएकाे हाे।

गएराति ११:२० बजेको समयमा भएकाे आगलागीबाट खाद्यान्न, फेन्सी,डेकुरेशन,खुद्रालगायतका सामान जलेर नष्ट भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयाे।

प्रारम्भिक अनुसन्धानबाट विद्युत सर्ट भएर आगलागी भएकाे प्रहरीले जनाएको छ। आगलागीलाई राति नै स्थानीयबासिन्दा र प्रहरीको सहयाेगले नियन्त्रणमा आएकाे थियाे।
घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!