सुदूरपश्चिम क्रिकेट संघको साधारणसभा सम्पन्न

राजनीतिलाई खेलकुदकाे संस्थागत विकासमा लगाउनुपर्छ: क्यान अध्यक्ष चन्द

डडेल्धुरा :सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे तेस्रो वार्षिक साधारणसभा शनिबार डडेल्धुरामा सम्पन्न भएकाे छ ।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दकाे प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाकाे अध्यक्षता सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले गर्नुभयाे।
साधारणसभाबाट वार्षिक प्रतिवेदन र आगामी वर्षकाे नीति, कार्यक्रम पारित भएकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टले बताउनुभयाे।

साधारणसभामा आगामी वर्षले उमेर समूहका प्रतियोगिता,फारवेस्टर्न प्रिमियर लिग,फारवेस्टर्न क्रिकेट एकेडेमी सञ्चालन गर्ने,भाैतिक पुर्वाधार निर्माण,खेलाडीकाे क्षमता अभिवृद्धि गर्ने लगायतका विषयमा पनि छलफल भएकाे छ।

साधारणसभामा बाेल्दै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले सरकार भाैतिक संरचना निर्माणका लागि अग्रसर भएकाे बताउदै थप सहयाेग आवश्यक रहेकाे बताउनुभयाे। क्रिकेटकाे माध्यमबाट नेपाल विश्वसामू चिनिएकाे छ। पुर्वाधार निर्माणमा सरकार गम्भीर बनेकाे छ। आगामी ५ वर्षमा देशका विभिन्न स्थानमा ५ क्रिकेट स्टेडियम बन्नेछन् । जसले खेलाडी उत्पादनमा सहयाेग पुग्नेछ । उहाँले भन्नुभयाे,” पछिल्लो समय क्रिकेट खेलकाे विकासका लागि सरकारले सहयाेग गरिरहेकाे छ। यसमा सबै राजनीतिक दलहरूकाे पनि सकारात्मक समन्वय गरेका छन्।”

सुदूरपश्चिम सरकारले क्रिकेटलाई प्राथमिकतामा राख्दै भाैतिक पुर्वाधार र प्रतियोगिता सञ्चालनका लागि बजेटकाे व्यवस्था गरेकाेमा धन्यवाद दिनुहुदै अध्यक्ष चन्दले स्थानीय तहहरूले पनि क्रिकेट प्रतियाेगिता सञ्चालनमा ध्यान दिन आवश्यक रहेकाे औल्याउनुभयाे।

खेलक्षेत्रमा राजनीति गर्न नहुने बताउदै अध्यक्ष चन्दले राजनीतिलाई खेलकुदकाे संस्थागत विकासका लागि केन्द्रित गर्नुपर्ने बताउनुभयाे। उहाँले भन्नुभयाे,”खेलाडी छनाैटमा पारदर्शी हुनुपर्छ । यसमा दायाँबायाँ हुँदैन ।
खेलाडी छनाैट र राम्रो प्रदर्शन गरेका खेलाडीले उचित स्थान र पारिश्रमिक पाएका छन्।”

एनपिएलकाे खुद नाफाकाे १५ प्रतिशत जिल्ला र प्रदेशलाई दिने जानकारी गराउदै उहाँले जिल्ला र प्रदेशमा उमेर समूहका प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जाेड दिनुभयाे। उहाँले भन्नुभयाे,” ग्रासरूटमा उमेर समूहका प्रतियोगिता सञ्चालनमा हामीले जाेड दिएका छाैं।यसमा जिल्ला र प्रदेशले पनि गम्भीर हुनुपर्छ । क्यानले गर्ने सहयाेगमा कमी हुदैन ।”

oplus_0

oplus_0

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!