काठमाडौं: याे वर्षकाे दशैँको टीकाको उत्तम साइत यही असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ।
बडादशैँको अवसरमा गरिने कार्यहरूबारे जानकारी गराउँदै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत सार्वजनिक गरेको हो।
समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत बिहान ९:१६ बजे र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा बिहान ७:११ बजे तथा स्थिरासन ८:४३ बजे तोकिएको छ।
असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको छ। यस्तै २६ गते विहान ११:३६ बजे टीकाको साइत तोकिएको छ।
