डढेलोका कारण प्रदूषण बढ्याे: अस्पतालमा बिरामीकाे चाप

बैतडी: केहिदिनदेखि यहाँका जंगलमा लागेकाे डढेलोका कारण वायु प्रदूषण फैलिएको छ । जिल्लाका अधिकांश वन क्षेत्रमा लागेको डढेलोका कारण ग्रामिण तथा बजार क्षेत्रमा प्रदूषण फैलिएको हो । जसका कारण यहाँको जनजिवन समेत प्रभावित  बन्न पुगेको छ । 
हावामा धुवाको मात्रा बढेपछि मौसमी बिरामीको संख्या पनि बढ्दै गएको यहाँका स्वास्थ्य संस्थाहरुले बताएका छन् । आगलागीका कारण गाउँघरमा समेत रुघाखोकी र ज्वरोका विरामी बढेको दाेगडाकेदार ३ श्रीकाेटका गणेश विष्टले बताउनुभयो । प्रदूषित हावाका कारण बालबालिका र बृद्धबृद्धा प्रभावित हुन पुगेका छन् । 
कामका लागि बाहिर निस्कनै समस्या भइरहेको र पशु चौपायाहरुमा समेत विभिन्न खालको समस्या देखिन थालेकाे छ। 
आगलागीको धुवाले स्वासप्रश्वास सम्बन्धी समस्या देखिने र फोक्सो र मुटुमा समेत समस्या निम्तिने जोखिम हुने गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. सुशिल विकले जानकारी दिनुभयाे । 
बैतडीका अधिकांश क्षेत्रमा आगलागीका घटना भइरहेका छन् । तर डिभिजन वन कार्यालयले भने जिल्लामा लागेको आगलागी र आगलागीका कारण भएका घटनाको कुनै विवरण राखेको छैन ।
आगलागी र डढेलाेसम्बन्धी विवरण संकलनकाे काम भइरहेकाे डिभिजनल वन अधिकृत दीलिपकुमार यादवले बताउनुभयाे।
वनजंगलमा लागेकाे डढेलाेका कारण वन्यजन्तु समेत संकटमा परेका छन्।
वायु प्रदूषणका कारण जिल्ला अस्पताललगायत जिल्लाका अन्य स्वास्थ्यसंस्थामा बिरामीकाे चाप बढेकाे छ। अन्य समयको तुलनामा अहिले आकस्मिक कक्ष तथा ओपिडीमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा बृद्धि भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर विकले बताउनुभयो । अन्य समयको तुलनामा अहिले आगलागी र गर्मीको समय भएकाले उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको उहाँको भनाइ छ।
अहिले श्वासप्रश्वास,दम, ज्वरो, पेट दुख्ने, टाईफाइड,झाडापखाला,छाला तथा मलेरिया जस्ता कीट जन्या समस्या लिएर अस्पतालको आकस्मिक कक्ष तथा ओपिडीमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढदै गएको हो । सामान्य दिनमा जिल्ला अस्पतालमा धेरै बिरामी नआउने भए पनि गर्मी लागे संगै अहिले दैनिक रुपमा डेढसय भन्दा धरै बिरामी अस्पतालमा उपाचार गर्न आउने गरेका छन्  ।
अहिले गर्मीको समयमा तातो हावा तथा तातो लहरबाट लाग्ने रोगहरु बाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने तथा सरसफाइ र खानपानमा समेत ध्यान दिनुपर्ने चिकित्सकहरूकाे सुझाव रहेकाे छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!