सुदूरपश्चिम क्रिकेट संघको साधारणसभा असाेज ५ गते डडेल्धुरामा हुने

बैतडी:सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे तेस्रो वार्षिक साधारणसभा यही असाेज ५ गते हुने भएकाे छ ।

साधारणसभा डडेल्धुरामा हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मण भट्टले बताउनुभयाे।

डडेल्धुराकाे राताे गुराँस रिसाेर्टमा हुने उक्त साधारणसभामा वार्षिक प्रतिवेदन पेसका साथै आगामी वर्षकाे नीति, कार्यक्रम तथा बजेट प्रस्तुत हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेब जाेशीले जानकारी दिनुभयाे। यसका साथै उमेरसमूहका प्रतियोगिता सञ्चालनका विषयमा छलफल हुनेछ।

साधारणसभामा प्रदेशभरीका प्रतिनिधिलगायतकाे सहभागिता रहने जनाएको छ।
साधारणसभाकाे उद्घाटन नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले गर्ने कार्यक्रम तय भएकाे सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेशबहादुर बाेहराले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!