सुदूरपश्चिममा भीषण वर्षाको सम्भावना: सतर्कता अपनाउन आग्रह

काठमाडौं: नेपालमा पुनः मनसुन सक्रिय हुने भएकाे छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिन पश्चिम नेपालकेन्द्रित भीषण वर्षाको सम्भावना छ। अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा हुनेछ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै बिहीबार साँझदेखि  शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको चेतावनी महाशाखाले दिएको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। महाशाखाले सुदूरपश्चिमका ६ जिल्लामा रेड अलर्टसमेत जारी गरेकाे छ।

बुधबार राति  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
भीषण वर्षा हुने भएपछि सतर्कता अपनाउन आग्रह गरिएको छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!