दाेगडाकेदार: श्रीमतीमाथि चक्कु प्रहार,श्रीमान पक्राउ

बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिकामा श्रीमानले श्रीमतीमाथि चक्कु प्रहार गरेका छन्। दाेगडाकेदार २ कफलकाेटका ३४ वर्षकाे महेश महराले आफ्नी श्रीमती ३२ वर्षिया बसन्ती महरामाथि चक्कु प्रहार गरेका हुन्।
आइतबार अपरान्ह घरकाे आगनमा गहुँ चुट्ने क्रममा बसन्तीमाथि चक्कु प्रहार भएकाे बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिनुभयाे।
चक्कु प्रहारबाट बसन्तीकाे कम्मरमा चाेट लागेकाे छ। उनकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे र अवस्था मध्यम रहेकाे जनाइएको छ। बसन्तीका श्रीमान महेशलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!