करेन्ट लागेर बालककाे मृत्यु

बैतडी:करेन्ट लागेर बैतडीमा आज एक बालकको मृत्युु भएको छ । 
मृत्यु हुनेमा जिल्लाकाे सिगास गाउँपालिका ९  बाजपानीका १२ वर्षीय बसन्त बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
  
शुक्रबार मध्याह्न करिब १२ बजेको समयमा स्थानीय घुम्तीमोड नजिकैको जङ्गलमा बाख्रा  चराउन गएका बाेहराकाे भुइमा लत्रीएकाे विद्युत तारमा छुन गई करेन्ट लागेर मृत्यु भएकाे हाे।

घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!