एनपिएलका टिम मालिक घोषणा,क्यानलाई १६ करोड ८८ लाख

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) को आठ टिमको मालिक घोषणा भएको छ ।

टेन्डर प्रक्रियामा सहभागी भएका टोलीमध्येबाट  स्वामित्वका लागि बिहीबार बोली लगाइएको थियो । 

आठ फ्रेन्चाईजीको बिक्रीबाट क्यानले १६ करोड ८८ लाख ९३ हजार २सय ३१ रुपैया कमाएको छ ।

क्यानका अनुसार सबैभन्दा बढी पोखराको टिमलाई बोली लागेको छ । नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा टिमको फ्रेन्चाइज लिएको छ ।

यस्तै काठमाडौँको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा पाएको छ ।

टिम चितवनलाई चितवन मेडिकल प्रालिले १ करोड ७६ लाख १ हजार रुपैयाँमा लिएको छ भने  फर्चुना हेल्थकेयर प्रालिले टिम लुम्बिनी १ करोड ८६ लाख ४ रुपैयाँमा पाएको छ ।  

यस्तै ड्रिम स्पोर्ट्स प्रालिले टिम जनकपुरलाई २ करोड ५ लाख रुपैयाँमा लिएको छ । एमएडी ड्रिम्स स्पोर्ट्सले टिम विराटनगरलाई १ करोड ५१ लाख रुपैयाँमा पाएको छ ।  

हिमालयन बिल्डर्सले टिम कर्णालीलाई १ करोड ११ लाख रुपैयाँमा लिने भएको छ । यस्तै टिम सुदूरपश्चिमलाई इम्पायर स्पोर्ट्सले  १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा लिएको छ । 

एनपिएल आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।  

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!