बलात्कार आरोपमा स्वास्थ्यचाैकी प्रमुख पक्राउ

बैतडी:
बलात्कारको आराेपमा बैतडीमा एक स्वास्थ्यचाैकीका प्रमुख पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाकाे सिगास गाउँपालिका- २ गाँजरी स्वास्थ्य चौकीका प्रमुख समेत रहेका स्थानीय ४१ वर्षीय जनकसिंह धामी रहेका छन्।

३१ वर्षीया युवतीले आफूमाथि जबर्जस्तीकरणी गरेकाे भन्दै जाहेरी दिएपछि धामीलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।

धामीले विभिन्न प्रलोभनमा पारि पटक-पटक जबरजस्तीकरणी गरेको पीडित युवतीकाे आरोप छ ।

पीडित युवती अविवाहित र स्वास्थ्यकर्मी समेत रहेकी बुझिएकाे छ।
पक्राउ पर्ने धामी विवाहित रहेका छन्।

पीडितले दिएको जाहरीका आधारमा धामीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय, पाटनको हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!