ट्याक्टर दुर्घटनामा चालकसहित दुईजनाको मृत्यु

डडेल्धुरा:  ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको गजुरी गाउँपालिका–७ं का ४० वर्षीय चालक धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विक रहेका छन्।
गएराति डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ सुरुडाको भित्री सडकमा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना भएकाे हाे ।
डडेल्धुराका प्रहरी प्रवक्ता कुसुम नायकका अनुसार धादिङकै रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्ग गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन्।
उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। शनिबार राति साढे १० बजे दुर्घटना भएको ट्याक्टर सडकबाट २५० मिटर तल खसेको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!