डिलाशैनीमा भदाै १९ देखि चर्मण्वती देउडा उत्सव हुने

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिकामा चर्मण्वती देउडा उत्सव-२०८१ हुने भएकाे छ। गाउँपालिकाकाे वडा नम्वर ५ काे आयाेजना तथा राष्ट्रिय संरक्षण अभियान बैतडी र चाैलानी सभ्यता विकास अभियान नेपालको प्रवर्द्धनमा उत्सव सञ्चालन हुने भएकाे हाे ।

चर्मण्वती देउडा उत्सव भदाै १९ गतेदेखि ३ दिनसम्म सञ्चालन हुने डिलाशैनी गाउँपालिकाका प्रवक्ता तथा वडानम्बर ५ का वडाध्यक्ष यज्ञ भट्ट यदुले जानकारी दिनुभयाे।

उत्सव भदाै १९,२० र २१ गते डिलाशैनी गाउँपालिका ५ स्थित हरिनगर खेलमैदानमा सञ्चालन हुनेछ ।

उत्सवमा खुल्ला देउडा प्रतियोगिता, ठाडाे खेल,ढुस्काे,धुमारी, हुड्क्याैली नाचसहित तीजबिशेष सांस्कृतिक प्रस्तुति रहने राष्ट्रिय संरक्षण अभियानका अध्यक्ष हेमबाबु लेखकले जानकारी दिनुभयो ।

लाेप हुँदै गएकाे लाेक संस्कृति संरक्षण गर्न उत्सव फलदायी हुने डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जाेशीकाे विश्वास रहेकाे छ।

उत्सवमा सहभागीताका लागि सम्पूर्णलाई अनुराेध गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!