बैतडी: हिन्दु नारीहरूकाे हरितालिका तीजको अवसरमा बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकाेटमा नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । श्रीकोट बहुमुखी क्याम्पसमा यही भाद्र १८ र १९ गते नृत्य प्रतियोगिताको आयोजना गरिने भएको हो ।
क्याम्पसको आयोजना र उदाउने मिडिया प्रालि तथा रडियो सेभेन स्टारको सहकार्यमा सञ्चालन हुने प्रतियाेगितामा दोगडाकेदार गाउँपालिका भित्रका १० वटा माध्यामिक तहका विद्यालयहरुले सहभागिता रहने जनाइएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने श्रीकाेट बहुमुखी क्याम्पसका प्रमुख दानसिंह कार्कीले जानकारी दिनुभयाे । यस्तै द्वितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार नगदसहित प्रमाणपत्र र सान्त्वना पुरस्कार ५ हजार नगदसहित र प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा मावि स्तरीय प्रतिस्पर्धा हुने भएपनि खुल्लारुपमा प्रस्तुतीकरण रहने बताइएको छ ।
यस्तै स्थानीय संस्कृति झल्किने छलिया नृत्य, सगुन, फाग लगायतको प्रस्तुतीकरण रहने कार्यक्रम आयोजकले जनाएको छ ।
