एनपीएल क्रिकेट: सहभागी हुने आठ टाेलीकाे नाम सार्वजनिक

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सहभागि हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने भनिएको प्रतियोगितामा सहभागी हुने टोलीको निश्चित गर्दै नामावली सार्वजनिक गरिएको छ ।

एनपिएलमा प्रतिस्पर्धा गर्ने टोलीहरुमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन् ।

क्यानले केही दिनअघि एनपीएल आयोजना मिति र लोगो सार्वजनिक गरे पनि सहभागी टोली नाम र संख्या टुंगो लगाएको थिए । 
एनपीएल भव्यताका साथ सम्पन्न गर्नका लागि तयारी थालिएको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादर चन्दले बताउनुभयो । प्रतियोगिता खेल्न विदेशी खेलाडी पनि आउनेछन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!