दाेगडाकेदारमा झडप: एक आर्मीसहित दुईजना घाइते,तीन पक्राउ

घाइते आर्मीकाे टाउकाेमा ११ टाका,डडेल्धुरा रेफर

बैतडी:बैतडीमा गाैरा पर्वकाे मेलामा दुईपक्षबीच झडप हुँदा दुईजना घाइते भएका छन्। घाइते हुनेमा दाेगडाकेदार गाउँपालिका ४ श्रीकेदार घर भइ गुरूबक्स गुल्म कैलालीमा कार्यरत २३ वर्षीय नरेन्द्र विष्ट र दाेगडाकेदार ४ कै ३० वर्षीय सुरजसिंह ठगुन्ना रहेका छन्।

विष्ट गाैराका लागि बिदामा घर आएका बुझिएको छ।
स्थानीय लटैनाथ मन्दिरमा लागेकाे गाैरा मेलामा बिहिवार बेलुका झडप हुँदा उनीहरू दुबैजना घाइते भएका दाेगडाकेदार गाउँपालिका ४ का वडाध्यक्ष तर्कराज भट्टले जानकारी दिनुभयो ।
नेपाली सेनामा कार्यरत विष्टकाे झडपमा परेर टाउकाेमा ११ टाका लागेका वडाध्यक्ष भट्टले बताउनुभयाे।
विष्टकाे स्थानीय श्रीकेदार स्वास्थचाैकीमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा लैजाने तयारी रहेकाे छ। यस्तै सुरजकाे मुखमा चाेट रहेकाे छ। सुरजलाई उपचारकाे लागि जिल्ला अस्पताल लगिएको छ।

नक प्रहार गरेर उनीहरूलाई घाइते बनाइएको हाे।

घटनामा संलग्न रहेकाे भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा दाेगडाकेदार गाउँपालिका ५ गाेबडाका १८ वर्षीय किरन चन्द,२१ वर्षीय राेशन चन्द र २० वर्षीय सञ्जय चन्द रहेका छन्।

पक्राउ परेका तीनैजना इलाका प्रहरी कार्यालय पाटनकाे नियन्त्रणमा रहेका छन्। पुरानाे रिसिबीका कारण दुईपक्षबीच झडप भएकाे प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकाे छ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!