बैतडी: घाँस काटिरहेकी दुई महिलाकाे शरिरमा आगाे

बैतडी:आगाेमा जलेर बैतडीमा दुई महिला घाइते भएका छन्। घाइते हुनेमा जिल्लाकाे दशरथचन्द नगरपालिका १ देउमडाकी ५४ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल रहेकी बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिनुभयाे।
घर नजिकै रहेकाे भीरमा घाँस काटिरहेका बेला
दिउँसो १ बजे हावाहुरीसँगै आएको डढेलोमा परी दुवै जना घाइते भएका हुन्। प्रवक्ता जाेशीले भन्नुभयाे,”भीरमा घाँस काटिरहेका बेला एक्कासी आगाे आएकाे र भाग्न नसक्दा दुबैजनाकाे शरिरमा आगाे लागेकाे रहेछ।,”
आगाेमा जलेका दुबैजनालाई स्थानीयले उद्घार गरि जिल्ला अस्पताल उपचारका लागि ल्याइएको छ।
 घाइते दुवैजनाकाे खुट्टा र मुख जलेकाे र उनीहरूकाे
अवस्था मध्यम रहेकाे प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!