महिला फ्रेन्चाइज भलिबल असाेजमा,विदेशी खेलाडी पनि आउने

काठमाडौं:पहिलो संस्करणको महिला फ्रेन्चाइज भलिबल लिग आगामी असाेजमा हुने भएकाे छ। इन्फिनिटी ड्रिम्स प्रालिकाे आयाेजनामा हुने प्रतियोगिता १४ देखि १९ असोजसम्म दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ ।
लिगमा विभिन्न ६ सहरका टोली एकआपसमा भिड्नेछन् । लिगका लागि मार्की खेलाडी, प्रशिक्षक र टोलीका आठ खेलाडी घोषणा भइसकेको छ । ड्रिम्स प्रालिले लिग आयोजनाका लागि नेपाल भलिबलसँग सम्झौता गरेको छ । 

आमिर अख्तरको नेतृत्वमा आयोजना हुन लागेको लिगमा सहभागी टोलीले अनिवार्य रूपमा समान तीन विदेशी र एक ट्यालेन्ट हन्टबाट खेलाडी राख्नुपर्नेछ । लिगको तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!