बैतडी: प्रहरीले बैतडीबाट नगदसहित ५ जना जुवाडे पक्राउ गरेकाे छ।
बैतडीको पाटन नगरपालिका–४ मोहनपुरमा ४२ वर्षीय गणेश सिंह बिष्टले सञ्चालन गरेको अन्नपुर्ण होटेलबाट होटल साहु बिष्टसहित ५ जनालाई पक्राउ गरिएको हाे।
यस्तै मदन महरा,मदनसिंह महरा,सुरेश महरा र जगदीश महरालाई पनि पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले होटेलबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ। पाँचै जनालाई नगद ६२ हजार ७७० र १ गड्डी ताससहित नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
