नेपालमा टिकटकमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौं:सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयाे ।

एक मन्त्रीका अनुसार टिकटक कम्पनी तीन महिनाभित्र नेपाल सरकारले दिएका सर्तहरू पुरा गर्न भनिएको छ । सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि तत्कालीन पुष्पकमल दाहाल सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

सरकारले प्रतिबन्ध लगाएपनि विभिन्न वैकल्पिक प्रक्रियामार्फत टिकटक चलिरहेकै थियो । केही इन्टरनेट कम्पनीले पूर्ण रुपमा बन्द गराएपछि भीपीएन लगायतबाट टिकटक चलेको थियो । अब निर्वाध रुपमा चलाउन पाइने आम मानिसको आशा छ । कतिपयले बिहिबारबाट टिकटक चलाउने मिल्ने पनि भनिरहेका छन् ।
सरकारले गत २०८० असोज २७ गने लागेको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!