यु-२० साफ च्याम्पियनशिप: नेपालकाे विजयी शुरुआत

काठमाडौं:यु-२० साफ च्याम्पियनशिपमा नेपालले विजयी शुरुआत गरेको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको उद्घाटन खेलमा आयोजक नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले हरायो । नेपालका लागि खेलको २४ औं मिनेटमा निराजन धामीले गोल गरे । आजको खेलमा नेपालले गोल गर्ने अन्य अवसरहरू बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । जीतसँगै नेपालले समूह ’ए’ मा ३ अङ्क जोडेको छ ।

अब नेपालले समूह चरणको अन्तिम खेलमा आउँदो बिहीवार बङ्गलादेशसँग खेल्नेछ । प्रतियोगितामा भोलि समूह ‘बी’ का भारत र भुटान खेल्दैछन् । आजदेखि शुरू भएको प्रतयोगिता यही भदौ १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बङ्गलादेश र श्रीलङ्का तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!