प्रधानमन्त्री ओलीविरूद्धकाे रिट खारेज

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धकाे रिट खारेज भएकाे छ। ओली प्रधानमन्त्रीमा नियुक्ति विरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको हाे ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा ओलीको नियुक्ति असंवैधानिक भन्दै रिट दायर भएको थियो ।

प्रधानमन्त्रीमा ओलीलाई गलत धारा प्रयोग गरेर नियुक्त गरिएको भन्दै गत साउन १४ गते तीन वटा रिट दर्ता गरिएका थिए ।

ती रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अध्यक्षतामा न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, कुमार रेग्मी र प्रकाशकुमार ढुंगाना सदस्य रहेको संवैधानिक इजलास गठन गरिएको थियो ।

उक्त इजलासले निवेदकको दाबी नपुग्ने ठहर गर्दै खारेज गरेको हो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!