काठमाडौं: काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा नेपाल उपाधि नजिक पुगेको छ। इरानलाई हराउँदै नेपाल उपाधि नजिक पुगेको हाे ।
मंगलबार सेमिफाइनलमा इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै नेपालले फाइनलमा स्थान सुनिश्चित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको सेमिफाइनलमा नेपालले पहिलो सेट २५–२१ र दोस्रो सेट २८–२६ ले जितेको थियो । अन्तिम सेट नेपालले २५–२० ले जितेको हो ।
नेपालले अब उपाधिका लागि बुधबार भारतसँग खेल्नेछ ।
