काभा महिला भलिबल: फाइनल पुग्न नेपालले इरानलाई हराउनुपर्ने

काठमाडौं: काभा वुमन्स नेसन्स भलिबल लिग २०२४ को फाइनल प्रवेशका लागि आज (मंगलबार) नेपालले इरानको सामना गर्दैछ। आइबार सम्पन्न लिग चरणको खेलमा नेपाल इरानसँग २-३ को सेटमा पराजित भएको थियो।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपाल र इरानबीचको खेल ५:१५ बजेबाट सुरु हुनेछ। यस्तै, अर्को सेमिफाइनलमा भारतले श्रीलंकाको सामना गर्नेछ।

पहिलो सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। यो मंगलबार खेल ३ बजेबाट सुरु हुनेछ।

सोमबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३-० को सोझो हराएसँगै नेपालले सेमिफाइनलमा इरान प्रतिद्वन्द्वी पाएको थियो।

यस्तै लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को हराउँदै दोस्रो स्थान हासिल गर्यो। नेपालले तेस्रो स्थानमा रहेको इरान प्रतिद्वन्दी पायो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!