काभा महिला भलिबल: नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं: नेपाल काभा वुमन्स नेसन्स लिगमा सेमिफाइनलमा पुगेकाे छ।
भारतले सोमबार श्रीलंकाविरुद्ध ३-० को सोझो सेटमा पराजित गरेसँगै नेपाल सेमिफाइनलमा पुगेकाे हाे।

सेमिफाइनलमा अब नेपाल र इरान भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा श्रीलंकाविरूद्ध भारतले खेल २५-१३, २५-२१, २५-२० ले आफ्नो पक्षमा पर्यो।

यो जितसँगै भारतले चार खेलमा १० अंक जोड्दै शीर्ष स्थान पक्का गरेको छ। पराजित श्रीलंका समान खेलबाट चार अंकका साथ चौथो स्थानमा छ। सेमिफाइनलमा पनि यी दुई टोली नै भिड्नेछन्।

साेमबार नै सम्पन्न लिग चरणकाे अन्तिम खेलमा नेपालले माल्दिप्सलाई साेझाे सेटमा हरायाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!