काठमाडौं: नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्म कै उच्च हो।
आइतबार प्रतितोला २०० रुपैयाँ घटेको सुनको भाउले सोमबार रेकर्ड कायम गरेको हो। आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो।
आइतबार २४ क्यारेट सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज २२ क्यारेटको सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज सोमबार चाँदी १ हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
