काभा वुमन्स नेसन्स भलिबल सुरु,नेपाल र भारत विजयी

काठमाडौं: आजदेखि काठमाडौंमा काभा वुमन्स नेसन लिग भलिबल प्रतियोगिता २०२४ सुरु भएको छ ।

उद्घाटन खेलमा नेपालले विजयी सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कबर्ड हलमा सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको हो।

पहिलो सेट २५-१९ ले जितेको नेपालले दोस्रो सेट, २५-१८ तथा तेस्रो सेट २५-१९ ले जित्न सफल भयो।

पहिलो र दोस्रो सेटको तुलनामा नेपालले तेस्रोमा निकै संघर्ष गर्नु परेको थियो।

कुनै समय १०-१४ को अबस्थामा नेपालले पुनरागमन गरेको हो।

घरेलु मैदानमा लगातार दोस्रोपटक आयोजना भएको काभामा नेपाललाई दाबेदारको रुपमा हेरिएको छ।

यसैबीच आर्जै सम्पन्न दोस्रो खेलमा भारतले विजयी सुरुआत गरेको छ।

भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको हो।

पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ ले जितेको भारतले तेस्रो सेट १९–२५ ले गुमाएको थियो।

त्यसपछि चौथो सेटमा भारतले २५–१० ले आफ्नो पक्षमा पार्दै विजयी सुरुआत गरेको हो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!