प्रजातन्त्र सेनानी संघ बैतडीकाे अध्यक्षमा चन्द मनाेनित

बैतडी: नेपाल प्रजातन्त्र सेनानी संघ बैतडी अध्यक्षकाे जिम्मेवारी हर्कबहादुर चन्दलाई दिइएको छ। नेपाली कांग्रेस जिल्ला कार्यसमितिको समन्वयमा नेपाल प्रजातन्त्र सेनानी संघले चन्दलाई बैतडी जिल्ला अध्यक्षकाे जिम्मेवारी दिएकाे हाे ।

चन्दलाई संघकाे जिल्ला अधिवेशन सम्पन्न नहुन्जेलसम्म सदस्यता वितरण गर्न ,कार्यालय स्थापना गर्न,जिल्ला कार्य तदर्थ समिति गठन गर्न, प्रजातन्त्र सेनाकाे रेकर्ड राख्न,संगठनलाई जीवन्त प्रदान गर्नका निमित्त अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि जिल्ला तदर्थ कार्यसमितिको अध्यक्षकाे जिम्मेवारी दिइएको जनाएको छ।

नेपाल प्रजातन्त्र सेनानी संघकाे विधान २०४९( संसाेधित विधान २०५३ र २०७८) का अनुसार आफ्ना गतिविधि अगाडि बढाउन जिम्मेवारी दिइएको
नेपाल प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहाल’बिकेडी ‘ले हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
अध्यक्षमा मनाेनयन हुनुभएका चन्द नेपाली कांग्रेस बैतडीका पुर्व कावा सभापति तथा पुर्व महासमिति सदस्य समेत रहनुभएकाे थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!