बैतडी-काठमाडौं सम्पर्क समितिको अध्यक्षमा भास्कर चयन

बैतडी:नेपाली कांग्रेस बैतडी–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा भानबहादुर चन्द(भास्कर) चयन हुनुभएको छ । काठमाडौंमा सम्पन्न दोस्रो अधिवेशनले सहमतीबाट भास्करलाई अध्यक्षमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा दिपेन्द्र भट्ट,महेश महता, सचिवमा मनमोहन भट्ट, हर्ष साउँद,कोषाध्यक्षमा निलम लेखक,सहसचिवमा जनक बहादुर साउँद,दिनेशबहादुर बोहरा चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा रविन चन्द,भुवन क्षेत्री,रमेशप्रसाद भट्ट,हेमन्तराज भट्ट,अमित केसी,हेमन्त नेगी र विष्णुदत्त पाण्डेय रहेका छन् ।

समितिको कार्यकाल दुई वर्षको हुने निर्वाचन समन्वय समितिका सदस्य दीपेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

यसअघि अधिवेशनको उद्घाटन समारोह सम्पन्न थियो । बैतडी–काठमाडौं सम्पर्क समितिका अध्यक्ष ईन्जिनियर दिनेश भट्टको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका कार्यवहाक सभापति लोकराज अवस्थी,नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द , कांग्रेस बैतडीका पूर्व सभापति तथा पूर्वमन्त्री नरबहादुृर चन्दलगायतको उपस्थितीमा रहेको थियो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!