विश्वकप क्रिकेट खेल्न नेपालका यी खेलाडीले माैका पाए

काठमाडौं। टी-२० विश्वकप खेल्ने नेपाली क्रिकेट टाेलीकाे घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टाेलीकाे घाेषणा गरेको हो ।
रोहितसंगैआसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी पनि टाेलीमा अटाएका छन् ।

आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग खेल्नेछ ।        

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!